हाप्किडो संघको महासचिवमा सुवर्ण नियुक्त

 

काठमाडौं, १६ साउन।

नेपाल मार्शल आर्ट्स हाप्किडो संघको महासचिवमा सुवर्ण वि.सी. मनोनीत भएका छन् ।

अघिल्ला महासचिव पदबाट हटेपछि वि.सी.लाई कार्यसमितिले महासचिवमा नियुक्त गरेको संघका अध्यक्ष कालीबहादुर घर्तीले जानकारी   दिए । यसैगरि प्रमुख प्रशिक्षक मा सुस्मिता गुरुङ, सहायक प्रमुख प्रशिक्षकहरूमा भुवन बुढा मगर, कृष्ण श्रेष्ठ र प्रवीण गुरुङ नियुक्ति भएका छन् ।

पछिल्लो समयमा हाप्किडो खेल नेपालमा सक्रिय रुपमा प्रतियोगिता, सेमिनार र खेलाडी तथा युवाबीच अभिमुखीकरण तालीम लगायत अन्य गतिविधि गर्दै आइरहेको छ । ७ प्रदेश समिति र ४८ जिल्ला समिति विस्तार गरेको संघले अन्तरराष्ट्रिय, राष्ट्रिय, प्रादेशिक र जिल्लामा प्रतियोगिता सेमिनार गरिसकेको अध्यक्ष घर्तीले जानकारी दिए ।

नेपाल मार्शल आर्ट्स हाप्किडो संघको आयोजनामा आगामी २०२२ अगस्त २६,२७ र २८ मा काठमाडौंमा “हाप्किडो वर्ल्ड च्यामपियनशिप २०२२ तथा वर्ल्ड क्लास हाप्किडो सेमिनार २०२२” हुँदैछ ।