तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित नागढुंगाबाट पक्राउ

काठमाडौं, १६ साउन।

दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित काठमाडौंकाको नागढुंगाबाट पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

काठमाडौं आउँदै गर्दा उनलाई १ लाख ४० हजार नगद र आठ लाख रुपैयाँ बैंकमा जम्मा गरेको भौचर बरामद भएको अख्तियार स्रोतले जनाएको छ । उक्त रकम भुक्तानीबापत ठेकेदारसँग घुस लिएको अख्तियारको दाबी छ ।

घुस लिएर काठमाडौं आउँदै गरेको सूचनाका आधारमा आयोगको टोलीले नियन्त्रणमा लिई उपाध्यलाई खानतलासी गर्दा रकम र भौैचर भेटिएको अख्तियारले जनाएकोे छ ।