संघीय सांसद प्रदीप यादवलाई कोरोना संक्रमणको पुष्टि

काठमाडौं, १७ साउन।

जनता समाजवादी पार्टी, नेपालका प्रतिनिधि सभा सदस्य प्रदीप यादवलाई कोरोना भारइसको संक्रमण भएको छ।

सांसद यादवले यसबारे सामाजिक सञ्जाल फेसबुकमा आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएका छन् ।

उनले आफ्नो फेसबुक पेजमा भनेका छन्, “मैले आफ्नो एऋच् जाँच गराउदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन । अफुलाइ आइसुलेट गरेर अहिले आराममा छु ।”

सांसद यादवले आ-आफ्नो घरभित्र आत्मअनुशासन कायम गर्दै सुरक्षीत रुपमा बस्न, घरबाट अति आवश्यक रूपमा निस्किनु परेमा बिना मस्क लगाइ न निस्किन र समाजिक दुरी कायम राख्न सबैमा आग्रह समेत गरेका छन् । उनले छिटै कोरोना मुक्त भएर जनताको सेवामा फर्कने विशवस व्यक्त गरेका छन् ।

सांसद यादवले भनेका छन्, “आ आफ्नो घरभित्र आत्मअनुशासन कायम गर्दै सुरक्षीत रुपमा बस्न, घरबाट अति आवश्यक रूपमा निस्किनु परेमा बिना मस्क लगाइ न निस्किन र समाजिक दुरी कायम राख्न सबैमा यतिबेला बडा गम्भीरतापुर्वक म आग्रह गर्न चाहन्छु । कोरोनामुक्त भएर मेरो प्राणभन्दा प्यारो जनताको सेवामा चाडैं फर्किने छु ।”

उनले पछिल्लो समय वीरगञ्जमा संक्रमणको जोखिम बढेको र त्यहाँ आवश्यक भेन्टिलेटर र विज्ञ टोलीसमेत खटाउन सरकारसमक्ष अनुरोध गरेका छन्। यसअघि वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरवागीलाई पनि बिहीबार बिहान संक्रमण पुष्टि भएको थियो।