तीज गीतको शैलीप्रति प्रष्ठिानको चिन्ता, विकृति हटाउन भन्दै कार्यदल गठन

काठमाडौं, १७ साउन।

तीज गीत लगायत समग्र गीत संगीतमा देखिएको विकृति हटाउन भन्दै राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले कार्यदल बनाएको छ ।

प्रतिष्ठानका उपमहासचिव शिव हमालको संयोजकत्वमा विकृति विसंगति विरुद्धको १३ सदस्यीय कार्यदल गठन गरेको प्रष्ठिानले जनाएको छ ।

उक्त कार्यदल मार्फत सामाजिक सद्भावमा खलल पुराउने एवं नियतवस दुईअर्थी अपाच्य शब्द सामग्री प्रयोग गर्ने, श्रष्टा सर्जक कलाकारहरुलाई प्रतिष्ठानले कालो सुचीमा नामांकित गरी प्रतिष्ठानका कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने र प्रतिष्ठानबाट प्राप्त हुने सम्पूर्ण सेवा सुविधाहरुबाट बन्चित गराउने निर्णय गरिएको प्रष्ठिानद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रष्ठिानका अध्यक्ष रमेश वि.जी. र कार्यदलका संयोजक हमालले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ,”नेपाली मौलिक लोकगीत संगीतमा पछिल्लो पटक पर्व गीत विशेष तीज गीत लगायत समस्त गीत संगीतमा देखिएको विकृति विसंगती र अभद्रपनले समस्त श्रोता, दर्शक र शुभचिन्तकहरुको गुनासो प्रति राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।”

संस्कृतिसँगै संस्कारलाई पनि आत्मसाथ गर्नुपर्ने मान्यतालाई पन्छाएर अत्यन्तै कर्तव्य विमुख भएर सृजना र प्रस्तुतीले नेपाली गीत संगीतको मर्ममा भएको प्रहार अत्यन्तै दुखद पक्ष भएको प्रष्ठिानको ठहर छ ।

विज्ञप्तिमा बारम्बार कार्यालयमै उपस्थित गराई केवल सस्तो लोकप्रियताका लागि यस्ता असामयिक गतिविधिहरु त्यो पनि गीत संगीत मार्फत नगर्न सुझाउदा पनि अटेरी गरी उक्त कार्यलाई निरन्तरता दिने जो सुकै भएपनि यस प्रतिष्ठानले गर्न मिल्ने र सक्ने कार्यहरु गर्ने उल्लेख छ ।

प्रष्ठिानको विज्ञप्तिमा भनिएको छ, “सामाजिक सद्भावमा खलल पुन्याउने एवं नियतवस दुई अर्थी अपाच्य शब्द सामग्री प्रयोग गर्ने, श्रष्टा सर्जक कलाकारहरुलाई प्रतिष्ठानले कालो सूचीमा नामांकित गरी प्रतिष्ठानका कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने र प्रतिष्ठानबाट प्राप्त हुने सम्पूर्ण सेवा सुविधाहरुबाट बन्चित गराउने निर्णय गरिएको छ ।”

तीज गीतको मर्मलाई जोगाई राख्न त्यसबाट निकालिएका खाटी तीज गीतहरुको पहिचान गरी सम्मान प्रदान गर्ने समेत निर्णय गरिएको प्रष्ठिानले जनाएको छ ।