इलाममा १७ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण

काठमाडौं, १७ साउन।

इलाममा सशस्त्र प्रहरीका १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

चालिस सशस्त्र प्रहरीको स्वाब सङ्कलन गरी पठाइएकामध्ये १७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासले यही साउन १३ गते उनीहरुको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाइएको थियो ।

यसअघि इलाममा १० सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । हालसम्मका सशस्त्र प्रहरीका २७ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । बाँकी सशस्त्र प्रहरीको स्वाब सङ्कलनको तयारी भइरहेको स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।

आज पोजेटिभ देखिएका सबैलाई थप उपचारका लागि मोरङस्थित गोठगाउँमा लैजाने तयारी भइरहेको छ । यसअघि सङ्क्रमण फेला परेकाहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।