पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं, १७ साउन। 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

आज राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाएको हो ।
निगमका अनुसार अब प्रतिलिटर पेट्रोल १०४, डिजेल ९० र मट्टितेल ९० रुपैयाँ पुगेको छ ।

आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको जनाउँदै नेपालमा पनि भाउ बढाएको र खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।