भारत अपडेटः काेराेनाबाट उत्तर प्रदेश प्राविधिक शिक्षा मन्त्री कमला रानीकाे मृत्यु

लखनउ, १८ साउन ।

भारतमा काेरनाका कारणा उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणकाे मृत्यु भएकाे छ । गत जुलाइ १८ तारिकमा काेराेना संक्रमण पुष्टी भएकाे उनकाे आइतबार मृत्यु भएकाे बीबीसी हिन्दीले जनाएकाे छ ।

उनी उपचारकाे क्रममा लखलउस्थित एसजीपीजी अस्पतालमा उपचाररथ थिइन् । मुख्य मन्त्रि याेगी आदित्यनाथले दुख व्यक्त गरेका छन् । उनले प्राविधक शिक्षा मन्त्रीकाे जिम्मेवारी सम्हालिरहेकी थिइन् ।