प्रकाश सपूतकाे ‘बदला बरिलै’ ट्रेन्डिङमा, तीन दिनमा पाँच लाखले हेरे

लक्ष्मी ज्ञवाली । 

काठमाडाैं, १८ साउन । 

गायक प्रकाश सपूतकाे नयाँ लाेक गीत बदला बरिलै युट्युवकाे ट्रेन्डिङमा देखिएकाे छ । सुक्रबार राती सार्वजनिक गरिएकाे गीत समाचार तयार पार्दासम्म ३ नम्बर ट्रन्डिङमा छ भने ४ लाख ९८ हजारले हेरिसकेका छन् ।

समाजमा घट्ने बलात्कारका घटनाकाे विरूद्धमा निकालिएकाे गीत शक्ति र सम्पतिको पहुँच बलात्कारीहरूले छुट पाइरहेकाे कथात्मकता प्रस्तुत गरिएकाे छ ।

घरमा छाेरी मात्र पाएकाे भन्दै श्रीमिति हेप्ने र बाहिर युवती बलात्कार गर्ने पतिकाे ज्याजति र सत्ताकाे दुरूपयाेग गरेर अपराधीहरू छुटेकाे कथा गीतमा छ । बलात्कृत पुरूषलाइ कसैले सजाय नदिएपछि बलात्कारपछि मारिएका चेलीहरूकाे भूतहरूले मारेकाे देखाइएकाे छ ।

सपुतको शब्द, लय तथा भिडियो निर्देशनमा रहेको गीतमा गायिका देवी घर्तिको आवाज र नायिका केकी अधिकारीसमेतकाे अभिनय जीवन्त लाग्छ ।  समाजमा छोरीलाई हेर्ने दृष्टिकोण र बलात्कार जस्तो जघन्य अपराधले बिझाइरहेको र गीतमार्फत प्रस्तुत गरिएको गायक प्रकाश सपुतले बताएका छन् ।

नेपाली लोक सांगीतिक क्षेत्रमा गायक सपुतको ‘बोलमाया’, ‘गलबन्दी’ गीत सर्वाधिक लोकप्रिय गीत हो। युट्युवमार्फत हाल सम्म ‘बोलमाया’ गीत १ करोड ६६ लाख पटक हेरिएको छ भने ‘गलबन्दी’ ४ करोड १२ लाख ९३ हजार ९ सय ५६ पटक हेरिएको छ।