देशभर थप २४६ जनामा कोरोना संक्रमण पुष्टि,१११ जना निको निको भएर फर्किए

काठमाडाैं, १८ साउन । 

देशभर थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले ८ हजार ८ सय ६१ को पीसीआर परीक्षण गर्दा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यो संगै सक्रिय संक्रमितको संख्या ५ हजार ६७२ रहेको छ ।

पछिल्लो २४ घण्टामा १११ जना उपचारपछि निको निको भएर घर फर्केका छन्। अहिलेसम्म निको हुनेको संख्या १४ हजार ६०३ रहेको छ।