काठमाडौं उपत्यकामा भेटिए थप ३१ जना कोरोना संक्रमित

काठमाडाैं, १८ साउन । 

काठमाडौं उपत्यकामा ३१ जनामा कोरोनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना भेटिएको जानकारी दिए । मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमित निरन्तर भेटिन थालेका छन् । जोखिम बढेको भन्दै उपत्य छिर्नेका लागि पीसीआर परीक्षणकाो रिपोर्ट अनिवार्य गरेको छ भने नाकाहरुमा समेत परीक्षण गरेमा मात्रै यात्रुलाई भित्रन दिने गरिएको छ ।