प्यूठानमा कोरोना संक्रमण नियन्त्रण तर्फ, ९ मध्य ७ स्थानीय तहमा संक्रमण सून्य

प्यूठान, १८ साउन।

प्यूठानमा कोरोना संक्रमण नियन्त्रण तर्फ गएको छ । आज थप निको भएर एक जना घर फर्किएपछि अब जिल्लाभर संक्रमितको संख्या ३ जना मात्र रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

हालसम्म ३३७ जना संक्रमित रहेकोमा उपचारपछि निकोे भएर ३३४ जना घर फर्किसकेका छन् । स्वास्थ्य कार्यालय प्यूठानका अनुसार मल्लरानी गाउँपालिका २ जना र स्वर्गद्धारी नगरपालिकाका १ जना संक्रमित रहेका छन् ।

उनीहरुको आइसोलेशनमा राखेर उपचार भइरहेको छ । प्यूठानका ९ मध्य ७ स्थानीय निकाय कोरोना संक्रमण सून्य छ । स्वास्थ्य कार्यालय प्यूठानको तथ्या अनुसार ३०९ जनाको स्वाब परीक्षणको नतिजा आउन बाँकी छ ।

क्वारेन्टाइनमा १ सय ६८ जना रहेका छन् । स्वास्थ्य कार्यालयले अत्यन्तै गम्भिर बनी स्वास्थ्यका आधारभूत साबधानी अपनाउन कन्जुस्याई नगर्न आग्रह गरेको छ ।