१६ बैशाख २०८१, आइतबार

नेकपा अध्यक्ष प्रचण्डलाई उपाध्यक्ष गौतमको जवाफ,’म ठूलो-सानो कुनैपनि गुटमा लाग्दिनँ’

प्रकाशित मिति :  5 August, 2020 1:53 pm


काठमाडौं,२१ साउन ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमले आफू कुनै गुटमा नलाग्ने प्रष्ट पारेका छन् ।

हिजो आफ्नै निवास भैँसेपाटीमा भेट्न पुगेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा उपाध्यक्ष गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पारेको उनका सहयोगि विश्वमणि सुवेदीले समामाजिक सञ्जाल फेसबुक मार्फत आज जानकारी गराएका छन् ।

भेटमा भएको छलफलबारे विभिन्न टिकाटिप्पणी भएको भन्दै सहयोगी सुवेदीले उपाध्यक्ष गौतमको धारणा सार्वजनिक गरेका हुन् । भेटमा भएको कुराकानीबारे सुवेदीले भनेका छन्, “२० गते पार्टीका अर्का अध्यक्ष क.प्रचण्ड उपाध्यक्षलाई भेट्न जानुहुँदा क. प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ ?’ भनी सोध्नुभयो । उपाध्यक्ष क.वामदेव गौतमले ‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ’ भनी अध्यक्ष क.प्रचण्डलाई बिदा गर्नुभयो ।”

साउन १३ गते उपाध्यक्ष गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै दुबै अध्यक्षसमक्ष ६ बुँदे प्रस्ताव राखेका थिए । गौतमले नयाँ प्रस्ताव सार्वजनिक गरेसँगै सत्तारुढ नेकपाभित्र समिकरणमा हेरफेर भएको आँकलन गरिएको थियो ।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा रहेका गौतमले अहिले कुनै गुटमा नलाग्ने भन्दै अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सजिलो बनाईदिएको आँकलन छ ।

सम्बन्धित समाचार :

नेकपाभित्रको विग्रह रोक्न उपाध्यक्ष बामदेव गौतमको ६ बुँदे प्रस्ताव, नयाँ समिकरणको संकेत



प्रतिक्रिया दिनुहोस !