१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको टिप्पणी,’पार्टी विभाजनको खुल्लमखुला हाँक र रिहर्सल भयो’

प्रकाशित मिति :  6 August, 2020 7:40 am


काठमाडौं,२२ साउन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट पत्रकारसँग छुट्टै छलफल गरेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले त्यसलाई पार्टी विभाजनको खुल्लमखुला हाँक र रिहर्सल भएको टिप्पणी गरेका छन् ।

प्रचण्ड र नेपाल पक्षले हिजो आफूनिकट पत्रकारहरुसँग छलफल गरेपछि आज विहानै सामाजिक सञ्जाल फेसबुकमा सल्लाहकार थापाले छलफल नेकपा विभाजन र समाप्त पार्ने कसरत भएको टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीविरूद्द दाहाल, खनाल, नेपाल र नारायणकाजी श्रेष्ठको मोर्चाबन्दीलाई ‘ग्याङ अफ फोर’को संज्ञा दिदै राष्ट्रपति – झलनाथ खनाल, प्रधानमन्त्री – पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष – माधवकुमार नेपाल उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री -नारायणकाजी श्रेष्ठ हुन खोजेको दाबी गरेका छन् ।

सल्लाहकार थापाले १० वर्ष पहिले साउनमा तत्काली माओवादी केन्द्रको धोवीघाट गठवन्धन स्मरण गर्दै उक्त गतिवधिले माओवादी धार १ दर्जन धारमा विभाजन भएको र अहिले पनि नेकपा विभाज र समाप्त पार्न खोजिएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, “यो पद, प्रतिष्ठा, गुटबन्दी र भागबण्डा नभएर विधि, पद्दति र एकताको लडाई रे ? पार्टी विभाजनको खुल्लमखुला हाँक र रिहर्सल ।”

थापाले लेखेको लेखेको स्टाटसः
गठबन्धनको रिहर्सल
१० बर्षअघि साउन यही बेला

संसदीय दलको नेता -बाबुराम भट्टराई
जनसेना ईन्चार्ज -रामबहादुर थापा“बादल“
संगठन विभाग प्रमुख -मोहन वैद्य “किरण“
उपप्रधानमन्त्री तथा गृहमन्त्री – नारायणकाजी श्रेष्ठ
पार्टी अध्यक्ष तथा संसदीय दलको नेताबाट पुष्पकमल दाहाल “प्रचण्ड“लाई अपदस्थ गर्न केन्द्रीय कमिटीमा हस्ताक्षर संकलन, बाबुराम, वैद्य, बादल, नारायणकाजी र बिप्लवको मोर्चाबन्दी ।
माओवादी धारको १ दर्जन समुहमा विभाजन र विघटन ।

अहिले १० बर्षपछि
साउनको यो बेला

राष्ट्रपति -झलनाथ खनाल
प्रधानमन्त्री – पुष्पकमल दाहाल  ‘प्रचण्ड’
अध्यक्ष – माधवकुमार नेपाल
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री -नारायणकाजी श्रेष्ठ
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीविरूद्द दाहाल, खनाल, नेपाल र नारायणकाजी श्रेष्ठको मोर्चाबन्दी ।
यो पद, प्रतिष्ठा, गुटबन्दी र भागबण्डा नभएर विधि, पद्दति र एकताको लडाई रे ? पार्टी विभाजनको खुल्लमखुला हाँक र रिहर्सल ।
नेकपा विभाजन र समाप्त पार्ने कसरत ।
हिजोको ग्याङ अफ फोरको पत्रकार भेघाटपछिको परिदृश्य ???

प्रचण्ड नेपाल पक्षले केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद छोड्नुपर्ने माग गर्दै आएको छ भने ओलीले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।

विवाद बढ्दै गएपछि पार्टी फुटको अवस्था बनेको छ भने असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक समेत अनिर्णयको बन्दी बनेको छ । पार्टी विवादकैबीच प्रचण्ड र नेपाल पक्षले आफू निकट पत्रकार भेला गरेपछि बालुवाटार थप आक्रोशित बनेको हो ।



प्रतिक्रिया दिनुहोस !