१६ चैत्र २०८०, शुक्रबार

ब्राजिलमा कोरोना भाइरसबाट मर्नेको संख्या एक लाख नजिक

प्रकाशित मिति :  9 August, 2020 7:50 am


काठमाडौं, २५ साउन ।

ब्राजिलमा कोरोना भाइरस  संक्रमणबाट मर्नेको संख्या एक लाख नजिक पुगेको छ ।

अमेरिकापछि कोरोनाको चपेटामा परेको ब्राजिलमा मृतकको संख्या एक लाख नजिक पुगेको बीबीसीले जनाएको छ । अमेरिकापछि मृतकको संख्या ब्राजिलमा धेरै छ ।

ब्राजिलमा पहिलो तीन महिनामा ५० हजारको मृत्यु भएको थियो तर पछिल्लो ५० दिनमा मृतकको संख्या दुईगुणाले बढेको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेपनि कोरोना संक्रमितको संख्या तिब्र छ । अहिले अहिलेसम्म २९ लाख ६२ हजार ४ सय ४२ जना संक्रमित बनिसकेका छन् ।

सरकारले केही समयका लागि लगाएको लकडाउनपछि पसलहरु खुल्न थालेका थालिसकेका छन् । ब्राजिलमा कोरोना भाइरसको विषयलाई लिएर सुरुमै मतभेद भएपछि राष्ट्रपतिले स्वस्थ्य मन्त्रीलाई बर्खास्त गरेका थिए ।

कोरोना भाइरस फैलावटलाई कसरी रोक्ने भन्ने विषयमा मतदभेद हुँदा राष्ट्रपति जान्यर बेलसेनरोले स्वास्थ्य मन्त्री लुइन्ज हैनरिक मडेटालाई बर्खास्त गरे ।

दुबै नेताबीच सार्वजनिक रुपमा नै आरोप प्रत्यारोप चलेको थियो । स्वास्थ्य मन्त्रीले एक टेलिभिजन अन्तर्वातामा कोरोना संकट समाधानका लागि सरकार एकजुट भएर लड्नुपर्ने धारणा राखेका थिए जसलाई राष्ट्रपतिले सरकारको आलोचना मानेका थिए ।

स्वास्थ्य मन्त्री मनडेटाले नागरिकको जीवन रक्षाका लागि विश्वका अन्य देशका नागरिकबाट सिक्नुपर्न भन्दै लकडाउन लागु गर्ने गर्भनरहरुको प्रशंसा समेत गरेका थिए । तर, राष्ट्रपति बेलसोनारो स्वास्थ्य मन्त्रीको भनाईप्रति सहमत थिएनन् ।

उनले कोरोना भाइरसलाई ‘सामान्य फ्लु’ भएका टिप्पणी गरेका थिए । राष्ट्रपतिको भनाईप्रति ब्राजिलमा विरोध भएको थियो ।
मदभेद चर्कदै गएपछि राष्ट्रपतिले स्वास्थ्यमन्त्री बर्खास्त गरे । ब्राजिलमा सुरुमै सरकारले हेलचक्राई गर्ने गरेको आरोप लागेका थियो । तर राष्ट्रपति बेलसोनारो समेत अहिले आफै कोरोना संक्रमित बनेका छन् ।



प्रतिक्रिया दिनुहोस !