१६ चैत्र २०८०, शुक्रबार

साताको पहिलो दिन सुनको मुल्य प्रतितोला ९ सयले घट्यो

प्रकाशित मिति :  9 August, 2020 1:06 pm


काठमाडौं,२५ साउन । निरन्तर नयाँ  रेर्कड कायम गरेको सुनको मुल्यमा आइतबार सामान्य गिरावट आएको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबार नयाँ रेकर्ड राख्दै प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य साताको पहिलो दिन भने तोलामा ९ सय रुपैयाँले घटेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबारका लागि महासंघको तेजावी सुनको मुल्य प्रतितोला १ लाख २ हजार एक सय रुपैयाँ तोकेको छ भने चाँदीको मुल्य पाँच रुपैयाँले बढेर प्रतितोला १४ सय १० रुपैयाँ पुगेको छ । त्यस्तै चाँदीको प्रतितोला मूल्य हालसम्मकै उच्च कायम भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !