७ बैशाख २०८१, शुक्रबार

नेकपाको शिर्ष तहमा गतिरोध,पार्टी विभाजन रोक्न भन्दै सांसदहरुको हस्ताक्षर अभियान

प्रकाशित मिति :  9 August, 2020 5:53 pm


काठमाडौं, २५ साउन । 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र गतिरोध देखिएपछि समस्या समाधानका लागि सत्तारुढ सांसदका नेकपाका सांसदले अभियान चलाएका छन् ।

आज सिंहदरबारमा पत्रकार सम्मेलनै गरेर पार्टी विभाजन रोक्न र गतिरोध अन्त्यका गर्न आग्रह गरेका छन् । यसअघि केन्द्रीय सदस्यहरुले केन्द्रीय समितिको माग गर्दै हस्ताक्षर पार्टी मुख्यालयमा दर्ता गराएका थिए । यद्यपी त्यसको सुनुवाई भएको छैन । असार १० गतेदेखि चलिरहेको संसद बैठकपनि अवरुद्ध छ ।

बैठक अनिश्चित बनिरहेका बेला पार्टी विभाजनबाट रोक्न र अहिले देखिएको विवाद समाधान गर्न नेतृत्वलाई दबाब दिन भन्दै पत्रकार सम्मेलन समेत गरेका छन् ।

६१ जनाको नाम सार्वजनिक गरिएको छ र त्यसमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सबै सांसद छन् । हस्ताक्षर अभियानमा संलग्न रहेका सांसद मेटमणी चौधरीले भने,”यसको उद्देश्य एक बाक्यमा भन्दा पार्टी विभाज हुन नपाओस् । यसका लागि नेताहरुलाई विभाजनका लागि अग्रसर उत्साह छ जसमा त्यसका लागि त्यसो नहुँन नैतिक दबाव परोस् भन्ने हो ।”

शिर्ष नेताहरु नै बैठक र विधि पद्धतीबाट बाहिरिन खोजको जस्तो देखिएको भन्दै सांसदहरुले नैतिक दबाव दिन खोजको बताएका छन् । यसअघि हस्ताक्षर बुझाईएपनि केन्द्रीय कमिटी बैठक नबोलाईएको, स्थायी कमिटीपनि अन्योल परेको भन्दै सांसदहरुले नैतिक दबावका लागि यो प्रयास गरेको बताएका छन् ।

चौधरीले भने, “सचिवालय कुनै कमिटी नै होईन, स्थायी कमिटी आफैमा बलियो कमिटी भएपनि त्यो पनि अन्योलमा छ र केन्द्रीय कमिटी पनि बोलाउने स्थिति देखिएन । त्यसैले पहिलो अध्यक्षपनि र संसदीय दलको नेतापनि भएकाले सम्माननीय प्रधानमन्त्री तथा संसदीय दलका नेतासहित सबै शिर्ष नेतालाई दबाव पुगोस भनेर पनि यो अभियान चलाएका हौं ।”

तर कतिपय सांसदहरुले भने ‘पार्टी विभाजन नहोस्’ भनेर मात्रै नहुने तर्क गरेका छन् । केन्द्रीय सदस्य तथा रुकुम पूर्वकी सांसद कमला रोकाले पार्टी फुटोस भनेर कसैले पनि नचाहेको तर यसका लागि दबाव दिएर मात्रै नहुने बताईन् ।

उनले भनिन्,”पार्टी फुटोस भनेर भनेर त कसले भनेको छ र तर एकताका लागि त विगतका सहमति कार्यान्वयन गर्नु पर्यो ।” पार्टी एकता हुँदा भएका सहमति र समझदारीले मात्रै पार्टी एकता बच्ने भन्दै विभाजन नहोस् भन्दै दबाव दिएर मात्रै पार्टी अगाडि नबढ्ने बताईन् ।



प्रतिक्रिया दिनुहोस !