१४ बैशाख २०८१, शुक्रबार

विश्वकै पहिलो कोभिड–१९ कोे भ्याक्सिन तयार पारेको रुसको दावी

प्रकाशित मिति :  11 August, 2020 4:35 pm


काठमाडौं २७ साउन । रुसले विश्वमै पहिलो कोरोना भाइरस कोभिड–१९ को भ्याक्सिन तयार भएको घोषणा गरेको छ ।

मंगलबार रुसी राष्ट्रपति भ्लादमिर पुटिनले कोरोना भाइरसको सुरक्षित भ्याक्सिन तयार गरी दर्ता गरिसकेको बताएका छन् ।साथै पुटिनले पहिलो भ्याक्सिन आफ्ना दुई छोरी मध्ये एक छोरीलाई लगाएको त्यसबाट सकारात्मक नतिजा आएको बताएका छन् ।

रुसी अधिकारीकाअनुसार Gam-Covid Vac Lyo नामक भ्याक्सिनको रुसी स्वास्थ्य मन्त्रालय र नियामक निकायको स्वीकृती मिलेको बताए । रसियाको गामालेया नेशनल रिसर्च सेन्टरमा निर्माण भएको उक्त भ्याक्सिन पहिलो चरणमा स्वास्थ्य कर्मचारी, डाक्टर नर्स, शिक्षक तथा अत्यान्त जोखिम व्यक्तिहरुको लागि दिइने बताइएको छ ।

 



प्रतिक्रिया दिनुहोस !