१६ चैत्र २०८०, शुक्रबार

कृषिका आधा कर्मचारी ‘वर्क फ्रम हाेम’ मा, अनलाइन सेवालाई प्राथमिकता

प्रकाशित मिति :  14 August, 2020 8:25 am


काठमाडाैं, ३० साउन । 

कृषि मन्त्रालय र मातहतका निकायमा लकडाउनकाे अवधिमा अपनाइएकाे सुरक्षित रूपमा घरबाटै गर्न सकिने ताेकिएका कार्यहरू गर्ने व्यवस्था ‘वर्क फ्रम हाेम’ लागू भएकाे छ ।

मन्त्री परिषद्काे निर्णय अनुसार कृषिका निकायमा पनि बढीमा ५० प्रतिशत कर्मचारी मात्र कार्यालयमा भाैतिक रूपमा उपस्थित हुन थालेका छन् ।

काेराेना संक्रमण बढ्न थालेपछि संक्रामक राेग एन, २०२० काे दफा २ बमाेजिम मन्त्रिपरिषद्काे गत सात २७ काे वैठककाे निर्णय बमाेजिम बिहीबारदेखि कृषिका निकायहरूमा भिडभाड घटाउन वर्क फ्रम हाेमलाइ प्राथमितामा राखेर सेवा प्रवाह सुरू गरिएकाे मन्त्रालयले  जनाएकाे छ ।

सरकारकाे निर्णय अनुसार कृषिमा पनि अनलाइन, भर्चुअल वा विद्युतिय माध्यमबाट सेवा प्रवाह गर्न सम्भव नहुने र बढी जनसम्पर्क हुने काम अर्काे सूचना नभएसम्मका लागि स्थगन गरिएकाे छ ।

सेवा प्रवाह र जनशक्ति व्यवस्थापनकाे जिम्मेबारी जिल्ला काेभिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) काे समन्वयमा कार्यालय प्रमुखले गर्ने गरि देशभरका सबै सरकारी कार्यालयमा याे नियम लागू गरिएकाे हाे ।

सरकारले अर्काे निर्णय नगरेसम्म अत्यावश्यक काम बाहेकका वैठक, समीक्षा, गाेष्ठी, सेमिनार, छलफल, भेला जस्ता सामूहिक जमघट हुने कार्यहरू समेत राेकिएकाे छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयकाे परिपत्र ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे सर्कुलर

 



प्रतिक्रिया दिनुहोस !