१६ बैशाख २०८१, आइतबार

बाँकेमा कोरोना संक्रमित एक जनाको मृत्यु

प्रकाशित मिति :  18 August, 2020 7:26 am


काठमाडौं, २ भदौ ।

बाँकेमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ ।  नेपालगञ्ज उपमहानगरपालिका-५ का ६२ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।

ति पुरुषलाई साउन ३० गते कोरोनाको लक्षण देखिएको थियो ।  साउन ३२ गते अस्पताल भर्ना भएका पुरुषको स्वाब संकलन गरेर परीक्षण गर्दा हिजो मात्रै रिपोर्ट पोजेटिभ आएको थियो । उनको सोमबार राति ११ बजेर ४० मिनेटमा निधन भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

मृतक ति पुरुषको दुबै फोक्सोमा निमोनिया देखिएको थियो । बाँकेमा कोरोना संक्रमित चौथो व्यक्तिको मृत्यु भएको हो ।

यसअघि नरैनापुर गाउँपालिका- ५ मा २५ वर्षका युवा, बैजनाथ गाउँपालिका -६ कि ४६ वर्षीया महिला, कोहलपुर नगरपालिका -२ की ७० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भईसकेको छ ।

बाँकेमा ७ सय ३८ जना कूल कोरोना संक्रमित रहेकोमा हिजो १३ जनासहित ४ सय ६८ जना निको भएर घर फर्किएका छन् भने २ सय ६३ जनाको उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !