२७ बैशाख २०८१, बिहिबार

कोरोना संक्रमण बढेपछि कास्की जिल्लामा निषेधाज्ञा जारी

प्रकाशित मिति :  18 August, 2020 1:21 pm


काठमाडौं २ भदौ । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेको छ । मंगलबार बिहान बसेको सुरक्षा समितिको बैठकले आज राति १२ बजेदेखी ७ गते सम्मका लागि कास्की जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

खाद्य सामाग्रीका पसल विहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म मात्र खोल्न पाइनेछ । अन्य समय बन्द गर्नु पर्नेछ ।त्यस्तै बैंक तथा वित्तीय सस्थाका कार्यालय पनि बन्द गर्न भनिएको छ । सुरक्षा समितिको बैठकले बैंक तथा वित्तीय सस्थालाई एटिएमहरु सुचारु राख्न र डिजिटल भुक्तानीलाई पनि सहज बनाइदिन आग्रह गरेको छ ।

त्यस्तै सरकारी कार्यालयका सेवा पनि सबै बन्द गरिने भएको छ । अत्यावश्यक काम गर्ने सरकारी कार्यालय बाहेक अन्य सबै कार्यालय बन्द रहनेछन् ।
त्यस्तै सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स, सञ्चारकर्र्मी बाहेकका सवारी साधान चल्न पनि प्रतिबन्ध लगाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस !