२९ बैशाख २०८१, शनिबार

धुलिखेल अस्पतालमा मृत्यु भएका वृद्धको परिवारका ९ जनालाई कोरोना संक्रमण

प्रकाशित मिति :  18 August, 2020 2:33 pm


काठमाडौं, २ भदौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु भएका बृद्धको परिवारका ९ जनालाई पनि संक्रमण पुष्टि भएको छ ।

काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएका वृद्धको परिवारका ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको धुलिखेल अस्पतालले जनाएको छ । पिसाब बन्द हुने समस्या भएपछि साउन २७ गते धुलिखेल अस्पताल भर्ना भएका वृद्धको स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ आएपछि परिवारका अन्य सदस्यको पनि स्वाब परिक्षण गरिएको थियो ।

परिवारका सदस्यको पीसीआर परिक्षण गर्दा वृद्धको घरमा काम गर्ने एक जना बाहेक सबैको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
काठमाडौंको नयाँ बानेश्वरमा बस्दै आएका धुलिखेल नगरपालिका–७ का ९८ वर्षका बृद्धको गएराति धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !