२० बैशाख २०८१, बिहिबार

नेप्से परिसुचक मंगलबार ५ अंकले बढ्यो

प्रकाशित मिति :  18 August, 2020 4:47 pm


काठमाडौं, २ भदौ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा मंगल सामान्य स’धार आएको छ । साताको तेस्रो दिन मंगलबार कारोबारको स’रुवाती समयमा सामान्य उतारचढाव आएपनि नप्से ५.६८ अंकले बढेर १४०७.८९ विन्दुमा पुगेको छ ।  नेप्से ०.४१ प्रतिशतले बढेको छ भने सेन्सेटिभ परिसूचक ०.२३ अंकले घटेर २८९.७७ मा पुगेको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ०.४७ अंकले घटेको छ भने निर्जीबन बीमा कम्पनी ५०.८६, टे«डिङ १०.५६, उत्पादन तथा प्रशोधन ४४.४, अन्य १३.४७, माइक्रोफाइनान्स १७.४२, जीवन बीमा समूहको उपसूचक ५४.०६ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा नागरिक लगानी कोषले अग्रता कायम गर्न सफल भएको छ । कोषको १६ करोड ६० लाख ८५ हजार ९५९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रोे स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र तेस्रो स्थानमा नेको इन्स्योरेन्स रहेका छन् ।

कूल १८९ वटा कम्पनीको ४१ लाख १४ हजार ५ सय १२ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब २३ करोड ९० लाख १७ हजार ४ सय २६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !