२९ बैशाख २०८१, शनिबार

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  19 August, 2020 1:59 pm


काठमाडौं,३ भदौं। गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

पीसीआर परिक्षण गर्दा तनहुँ देबघाट – ५ का २७ वर्षीय पुरुष, गोरखा पालुङटार – ४ का ५० वर्षीय पुरुष, र लमजुङमा कार्यरत बागलुङ बडिगाडका २२ वर्षीय पुरुष, धादिङ गंगाजमुनाका ३२ वर्षीय पुरुष र नवलपुर कावासोतीका ३२ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

स्वास्थय निर्देशनालयका अनुसार संक्रमितहरुलाई अहिले सम्बन्धित जिल्लाकै आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार ७ सय ८८ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !