२१ बैशाख २०८१, शुक्रबार

नेप्से परिसुचक बुधबार दोहोरो अंकले घट्यो

प्रकाशित मिति :  19 August, 2020 4:36 pm


काठमाडौं ३ भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले झरेको छ । साताको चौथो दिन बुधबार कारोबारको सुरुवाती समयबाटै झरेको बजार १६.६ अंकले घटेर १३९१.२९ विन्दुमा पुगेर बन्द भएको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.७१ अंकको गिरावटका साथ २८७.०७ को विन्दुमा झरेको छ।

कारोबारमा बैंकिङ समूहको उपसूचक १५.१२, विकास बैंक १८.३१, निर्जीबन बीमा ११३.४४,उत्पादन तथा प्रशोधन ४०.८, माइक्रोफाइन्स २९.९, जीवन बीमा समूहको उपसूचक १३६.५९ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ । कोषको ८ करोड ९ लाख ९२ हजार १८८ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तो दोस्रो र तेस्रो स्थानमा नेपाल पुनर्बीमा कम्पनी र नेको इन्स्यारेन्स रहेका छन् ।

कूल १८५ वटा कम्पनीको २४ लाख ७४ हजार ३२९ कित्ता सेयर किनबेच हुँदा ९७ करोड ६२ लाख ३५ हजार ५९ रुपैयाँको सेयर कारोबार भएको छ ।

देशभर कोरोनाभाइरस संक्रमित बढेपछि धमाधम निषेधाज्ञा जारी गर्ने क्रम भइरहेकोले लगानीकर्ताको मनोबल केही खस्केको विश्लेषकहरुको भनाइ छ।



प्रतिक्रिया दिनुहोस !