२९ बैशाख २०८१, शनिबार

कोरोनाबाट पछिल्लो २४ घण्टामा ६८१ जना संक्रमित, ६ जनाको मृत्यु

प्रकाशित मिति :  19 August, 2020 5:38 pm


काठमाडौं, ३ भदौ । कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या ६८१ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५२२ जनाको पीसीआर परीक्षण गर्दा ६८१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ भने कोरोना संक्रमण निको भएर १२० डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १७ हजार ७०० पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमले बताए ।

देशभर हालसम्म संक्रमित संख्या २८ हजार ९ सय ३८ छ । मृत्यु हुनेको संख्या १ सय २० रहेको मन्त्रालयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !