३० बैशाख २०८१, आइतबार

काठमाण्डौ उपत्यकामा थप १५९जनामा कोरोना संक्रमण

प्रकाशित मिति :  19 August, 2020 6:07 pm


काठमाण्डौं,३ भदौं । काठमाडौं उपत्यकामा मंगलबार थप १५९ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १३४ जना, ललितपुरमा १७ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै काठमडौंमा कोरोना संक्रमित हुनेको संख्या १९८७, ललितपुरमा १५० र भक्तपुरमा १७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। ऋहिले सम्म उपत्यकामा कोरोना संक्रमितको संख्या २४९९ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !