१३ बैशाख २०८१, बिहिबार

इसेवा र कृषि विकास बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

प्रकाशित मिति :  19 August, 2020 8:01 pm


काठमाडाैं, ३ भाद्र । 

इसेवा मनि ट्रान्सफर र कृषि विकास बैकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । कृषिविकास बैककातर्फबाट उपम हाप्रवन्धक यज्ञप्रकाश न्यौपाने र इसेवा मनि ट्रान्सफरको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक अजेश कोईरालाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै इसेवा मनि ट्रान्सफर मार्फत् विदेशबाट नेपाल पठाएको रकम कृषि विकास बैंक लि.का नेपालभर रहेका कुनै पनि शाखाहरुबाट सहज रुपमा भुक्तानी लिन सकिने भएको छ ।

विषम परिस्थितिमा पनि रेमिट्यान्स् कार्यक्रमलाई अगाडी बढाएकोमा इसेवा मनिट्रान्सफर र बैकको डिजिटल बैकिङ्ग विभागका टिमलाई धन्यावाद न्यौपानेले धन्यवाद दिए । इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोईरालाले कृषिविकास बैंक जस्तो व्यापक संजाल भएको बैंक संग विष्रेषण कारोवारको लागि सहकार्य गर्न पाउँदा खुसि लागेको बताए ।



प्रतिक्रिया दिनुहोस !