६ बैशाख २०८१, बिहिबार

विप्लव नेकपा नेतृ उमा भुजेललाई पक्राउ गरेर सप्तरी पुराइयो, अभद्र व्यवहारको मुद्धा

प्रकाशित मिति :  20 August, 2020 6:24 pm


सुनसरी जिल्ला अदालतले साधारणमा तारेखमा रिहा गर्न आदेश दिएपछि मंगलबार अदालत परिसरमा नेतृ भुजेल र पौडल । अदालतको गेटबाटै पक्राउ गरेर प्रहरीले उनीहरुलाई सप्तरी पुराएको छ ।

काठमाडौं, ४ भदौ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य उमा भुजेललाई प्रहरी फेरि पक्राउ गरेर सप्तरी पुराएको छ ।

भुजेलसँगै अर्का नेता सुमनसिंह पौडेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीले पुष्टि गरेका छन् ।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भारदहमा प्रहरीसँग अभद्र गरेको व्यवहारमा दुबै जनालाई मुद्दा चलाएको छ । भुजेल र पौडेललाई जिल्ला अदालत सुनसरीले मङ्गलबार साधारण तारखेमा रिहा गरेको थियो तर साधारण तारेखमा रिहा भएपनि प्रहरी फेरि पक्राउ गरेर सप्तरी पुराएको हो ।

नेकपाको तत्कालीन पोलिटब्यूरो सदस्य तथा मेची(कोशी ब्यूरो इन्चार्ज भुजेल र झापाका जिल्ला ईन्चार्ज पौडेलसहित पुस १२ गते सुनसरीको चक्रघट्टीबाट प्रहरीले पक्राउ गरेको थियो ।

अदालतले छोड्ने आदेश दिएपनि भुजेललाई प्रहरीले पटक पटक पक्राउ गर्दै आएको । यसअघि पनि सुनसरी झापा, धनुषा कैलाली गोरखा हुँदै संखुवासभा हुँदै सप्तरी पुराईएको हो । अदालतले आदेश छोड्न आदेश दिँदा पनि भुजेल पक्राउ परेको यो ११ औं पटक हो ।



प्रतिक्रिया दिनुहोस !