२० बैशाख २०८१, बिहिबार

अमेरिकामा कोरोना भाइरस संक्रमण कम,भारतमा नयाँ रेकर्ड

प्रकाशित मिति :  21 August, 2020 7:30 am


काठमाडौं, ५ भदौ ।

अमेरिकामा कोरोना भाइरस संक्रमण कम भएको देखिएको छ । पछिल्लो हप्तामा संक्रमितको संख्या घट्दै गएको देखिएको हो । यद्यपी संक्रमण कम भएको विषयलाई फरक फरक ढंगले विश्लेषण गरिएको छ ।

नयाँ तथ्याङक अनुसार अमेरिकामा गएको एक हप्तामा ४७ हजार ३ सय नयाँ संक्रमित देखिएका छन् । अघिल्लो हप्ता संख्या ६७ हजार ३ सय १७ थियो । जुलाई १७ मा मात्रै एकै दिन ७५ हजार संक्रमित सम्म भेटिएका थिए ।

अमेरिकाका कोरोना भाइरस परीक्षणको नेतृत्व गरिरहेका व्हाइट हाउस फिजिशियन ब्रेट गिरोयरले अमेरिकामा कोरोना संक्रमणको नियन्त्रण सही दिशामा अगाडि बढेको बताएका बीबीसीले जनाएको छ ।  उनका अनुसार कोरोना संक्रमणको दर घट्नुको मुख्य कारण मास्कको प्रयोग र भौतिक दुरी कायम गर्नु हो ।

केही विश्लेषकले भने अमेरिकामा परीक्षणमा कमी आएपछि संक्रमितको संख्या कम भएका दाबी गरेका छन् । एटलान्टिक कोभिड ट्रयाकिंग प्रोजेक्टले अमेरिकामा परिक्षण कम गरेपछि कोरोना संक्रमितको संख्या पनि कम देखिएको दाबी गरेको छ । प्रोजेक्टका अनुसार अमेरिकाको दक्षिण भागमा संक्रमण दर बढिरहेको छ तर परीक्षण अचानक कम गरिएको छ ।

बिहीबारमा भारतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित देखिएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ६९ हजार ६ सय ५२ संक्रमित भेटिएका छन् । भारतीय सञ्चारमा माध्यमका अनुसार यो अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित संख्या हो । भारतमा कुल संक्रमित संख्या २८ लाख ४० हजार पुगेको छ भने ५३ हजार ८ सय जनाको मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !