२३ बैशाख २०८१, आइतबार

गण्डकी प्रदेशमा २४ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  22 August, 2020 11:17 am


काठमाडौं, ६ भदौ ।

गण्डकी प्रदेशमा २४ जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी ५ जिल्ला भित्र २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी गराएको हो । सबैभन्दा धेरै कास्कीको पोखरा उपमहानगरपालिकामा १६ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै बागलुङमा १ जना, तनहुँमा २ जना, स्याङ्जामा २ जना नवलपरासी पूर्वमा ३ जना संक्रमित भेटिएका हुन् । यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १८६८ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !