४ जेष्ठ २०८१, शुक्रबार

कोरोना नियन्त्रणका लागि नागार्जुन नगरपालिकामा स्थानीय पूर्वाधार विकासको ४० लाख रुपैयाँ

प्रकाशित मिति :  22 August, 2020 7:00 pm


काठमाडौं, ६ भदौ ।

काठमाडौंको नागार्जुन नगरपालिकामा स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गतको ४०  लाख रुपैयाँ कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च गरिने भएको छ ।

प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको नागार्जुन नगरपालिका प्रमुख मोहन बस्नेत, उप-प्रमुख शुशीला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगर, लेखा प्रमुख र स्वास्थ्य शाखा प्रमुख सहभागि बैठकले कोभिड-१९ रोकथाम, उपचार र नियन्त्रणको लागि उक्त रकम खर्च गर्ने निर्णय गरेको हो ।

नागार्जुन नगरपालिकामा कोरोना नियन्त्रण तथा रोकथाम अभियानका लागि काठमाडौं क्षेत्र नं ८ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत बचेको रकम उपलब्ध गराईएको हो । सांसद श्रेष्ठ यसै क्षेत्रबाट संघीय संसदमा प्रतिनिधित्व गर्छन ।

बैठकले भिमढुंगा स्वास्थ्य चौकीमा रहेको आइसोलेसन कक्षलाई वेड तथा सुविधा थप गरी संचालन गर्न आवश्यक रकम व्यवस्थापन गर्ने निर्णय गरेको छ । कोष अन्तर्गत नगरपालिका भित्र थप आइसोलेसन निर्माण, व्यवस्थापन तथा संचालन खर्च ४० लाख रुपैयाँ छुट्टाउने निर्णय गरेको  छ ।

अक्सिजन सिलिण्डर सहित,नेबुलाइजर,मेडिसिन,वेड,भत्ता, आइसोलेसनमा खटिने कर्मचारी तथा बिरामीहरूको लागि खानाखानार खाजाको व्यवस्थामा थप खर्च हुने छ । त्यस्तै एम्बुलेन्स तथा इन्धन खर्च सरसफाई सामाग्री तथा वासिंग मेसिन समेतको व्यवस्थापनमा उक्त रकम खर्च हुने छ । खर्च हुने छ ।

कोभिड-१९ रोकथाम, प्रचार -प्रसार  तथा सचेतना कार्यक्रम खर्च ७ लाख रुपैयाँ खर्च गर्ने निर्णय भएको सांसद श्रेष्ठको सचिवालयले जनाएको  छ ।

 



प्रतिक्रिया दिनुहोस !