४ जेष्ठ २०८१, शुक्रबार

बालबालिकाका लागि मास्क लगाउन नयाँ नियम

प्रकाशित मिति :  23 August, 2020 7:49 am


काठमाडौं, ७ भदौ ।

विश्व स्वास्थ्य संगठन(डब्लुएचसो)ले कोरोना भाइरस महामारीका लागि १२ वर्षभन्दा बढी उमेरका बच्चाका लागि मास्क लगाउने विषयमा नयाँ नियम जारी गरेको छ ।

डब्लएचओले जुन जुन देशमा वयस्कका लागि मास्कसम्बन्धि नियम लागू गरिएको छ उक्त नियम १२ वर्षभन्दा माथीका उमेरका बच्चामाथी पनि लागू हुने बताएको बीबीसीले जनाएको छ ।

डब्लुएचओले बच्चामा भाइरस कति फैलन्छ यो स्पष्ट भइनसकेपनि  किशोर उमेरका बच्चामा वयस्क सरह कोरोना भाइरस फैलने बताएको    छ ।   डब्लुएचओले ५ वर्षभन्दा मुनीका बच्चाका लागि मास्क नलगाउन भनेको छ ।

त्यस्तै ६ देखि ११ बर्ष उमेर बालबालिकाका लागि मास्क लगाउन र मास्क लगाउन सहयोग गरेर परस्थिति अनुसार सहयोग गर्न आग्रह गरेको छ । त्यस्तै ६० वर्षभन्दा कम उमेरकाकाले कपडाको मास्क लगाएपनि हुने र ६० वर्षभन्दा बढी उमेरका व्यक्तिले मेडिकल मास्क लगाउन सुझाव दिएको छ ।



प्रतिक्रिया दिनुहोस !