२४ बैशाख २०८१, सोमबार

पाल्पामा पीसीआर मेसिन जडानका लागि सरकारद्धारा एक करोड रुपैयाँ निकासा

प्रकाशित मिति :  24 August, 2020 8:47 am


काठमाडौं, ८ भदौ ।

पाल्पामा पीसीआर मेसिन जडानका लागि एक करोड रुपैयाँ निकासा भएको छ ।

जिल्ला अस्पताल पाल्पाले मेसिन खरिद गर्न सक्ने गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मातहतको कारोना संक्रमण,रोकथाम तथा उपचार कोषबाट रकम निकासा गरिएको हो ।

कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिको यही भदौ २ गते बसेको १० औँ बैठकले रकम निकासा गरेको हो ।

जिल्लामै कोरोना भाइरस सङ्क्रमणको पीसीआर परीक्षण गर्ने विधि नहुँदा समस्या परेपछि सरकारसँग माग गरेर मेसिन खरिदका लागि रकम निकासा भएको पाल्पा क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेयले जानकारी दिए । मेसिन जडानका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा रकम गइसकेको सांसद पाण्डेयले जानकारी दिए ।

जिल्ला समन्वय समिति पाल्पाको काजीपौवामा रहेको भवनमा पीसीआर मेसिन राख्नका लागि भौतिक पूर्वाधार तयार गरिएको छ ।
पाल्पामा पीसीआर मेसिन सञ्चालनमा आएपछि पाल्पासँगै गुल्मी, अर्घाखाँचीलगायत जिल्लाको स्वाब परीक्षण गर्न सहज हुनेछ ।



प्रतिक्रिया दिनुहोस !