१५ बैशाख २०८१, शनिबार

समयमा मल नल्याउने शैलुङसहित दुई कम्पनीलाई कालो सूचीमा राख्ने तयारी, स्पष्टिकरण सोधियो

प्रकाशित मिति :  24 August, 2020 1:28 pm


काठमाडौं, ८ भदौ ।

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले तोकिएको समयभित्रै मल आपूर्ति नगरेपछि दुई कम्पनीलाई कारबाही गर्ने तयारी गरेको छ ।

समयमै मल आपूर्ति नगरेपछि आपूर्तिकर्ता शैलुङ कन्ट्रक्सनको भगिनी संस्था शैलुङ इन्टरप्राइजेज र होनीको मल्टिपल प्रा.लि. लाई स्पष्टिकरण लिइएको छ । कृषि तथा पशुपन्क्षी विकास मन्त्री घनश्याम घनश्याम भुसालले केही दिन अघि कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रतिनिधिलाई बोलाएर छलफल गरेका थिए ।

ठेक्का लिएका कम्पनीले समयमै मल उपलब्ध गराउने सम्भावना कम देखिएपछि मन्त्री घनश्याम घनश्याम भुसालले कृषि सामाग्री कम्पनी लिमिटेडलाई मल ल्याउने जिम्मा पाएका शैलुङ र होनीको मल्टिपल प्रा.लि.लाई कारबाही प्रकृया अगाडि बढाउन निर्देशन दिएका थिए । मन्त्री भुषालको निर्देशनपछि कृषि सामाग्रीले स्पष्टिकरण २४ घण्टे स्पष्टिकरण सोधेको थियो ।

कृषि सामाग्रीका महाप्रवन्धक नेत्रबहादुर भण्डारीले भने, “हामीले दुबै कम्पनीलाई स्पष्टिकरण सोधेका छौं । उहाँहरुले सम्झौता भएको ११७ दिनभित्र मल ल्याइसक्नुपर्ने हो अब भदौ २०/२१ गतेसम्म दुबै कम्पनीले हामीलाई बुझाउनुपर्छ ।”

महाप्रवन्धक भण्डारीले मल ल्याउने ठेक्का पाएका कम्पनीबाट स्पष्टिकरणको जवाफ आएपनि चित्त बुझ्दो र विश्वसनीय नदेखिएको बताए । उनले लुम्बिनी सञ्चारसँग भने,“हामी ल्याउँदै छौ भनेर त स्पष्टिकरण दिनुभएको छ तर स्पष्टिकरण चित्त बुझ्दो र विश्वसनीय देखिदैन । तोकिएको समयसम्म हामी पर्खन्र्छौ र त्यो बीचमा पनि बाटोमा मल आएको विश्वसनीय आधार भए हामी समय थप्न सक्छौं नभए हामी अर्को बाटोमा जान्छौं ।”

मलको ठेक्का पारेको शैलुङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको कम्पनी हो । सडक निर्माणको जिम्मा लिएर थुप्रै ठाँउमा अलपत्र पारेको भनेर उनको कम्पनी बदनाम छन् । शक्तिको आडमा युरिया मलको ठेक्का पाएको समेत उनीमाथी आरोप लागेको थियो ।

उनको कम्पनीले युरिया मल खरिद गर्न २ अर्ब १४ करोड रुपैयाँको ठेक्का पाएको थियो । शैलुङले मल ल्याउन नसकेपछि मलको हाहाकार भएको छ । कृषि मन्त्रालयका अधिकारीहरुले शैलुङबाट आफूहरुलाई पनि र किसानलाई पनि ‘धोका भएको’ टिप्पणी गर्ने गरेका छन् ।

कृषि मन्त्रालय स्रोतका अनुसार दुबै कम्पनीलाई कालो सूचिमा राख्ने गरेर कारबाही प्रकृया अगाडि बढाईएको हो । मन्त्रालय स्रोतले भन्यो,“किसानका लागि धोका भयो, दुबै कम्पनीले समयमै मल उपलब्ध गराउने स्थिति देखिएन त्यसैले कारबाही प्रकृया अगाडि बढाइएको   हो ।”

मन्त्रालयका अनुसार दुबै कम्पनीले ठोस जवाफ दिने गरेका छैनन् । उनीहरुले कहिले मल बोकेर जहाज हिड्यो भन्ने त कहिले के भनेर अलमलाउने गरेका छन् ।

मन्त्रालय स्रोतले,“ शैलुङसहित दुबै कालो सूचीमा राख्ने गरि कारबाही प्रकृया अगाडि बढाएको बताएको छ । स्रोतले भन्यो,“उनीहरुले मल ल्याउछन् भन्ने विश्वसनीय आधार कतैपनि देखिदैन । स्पष्टिकरण सोधिएको छ त्यसैले कारबाही हुन्छ भन्नेमा शंका छैन । ”

किसानलाई समयमै प्रयाप्त मल उपलब्ध गराउन नसक्दा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले दुःख व्यक्त गरिसकेको छ । भदौ १ गते मन्त्रालयको तर्फबाट सचिव राजेन्द्र भारीले आज विज्ञप्ति जारी गर्दै यूरिया मलको अभावले गर्दा किसानहरुले भोग्नु परेको असुविधाप्रति मन्त्रालय परिवार दुःखी भएको उल्लेख थियो ।

यसवर्ष धान रोपाइको बखत आवश्यक पर्ने डिएपी मल आवश्यकता अनुरुप आपूर्ति भएपनि मन्त्रालयको अनेक प्रयासका बाबजुद  नबालीमा टप ड्रेसिङ्गका लागि आवश्यक पर्ने यूरिया मल पर्याप्त उपलब्ध गराउन सकिएको नसकिएको मन्त्रालयले जनाएको छ ।

यसवर्ष धान रोपाइको बखत आवश्यक पर्ने डिएपी मल आवश्यकता अनुरुप आपूर्ति भएपनि मन्त्रालयको अनेक प्रयासका बाबजुद धानबालीमा टप ड्रेसिङ्गका लागि आवश्यक पर्ने युरिया मल पर्याप्त उपलब्ध गराउन सकेको छैन ।

०७६ पौष र माघमा साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामाग्री कम्पनी मार्फत् आव्हान गरिएका टेण्डर कोरोना महामारीका कारण स्वेदश तथा विदेशमा भएका बन्दाबन्दी सिर्जित परिस्थितिले गर्दा समयमा आपूर्ति हुन नसकेको मन्त्रालयको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस !