३० बैशाख २०८१, आइतबार

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण

प्रकाशित मिति :  24 August, 2020 2:12 pm


काठमाण्डौं,८ भदौं । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रण पुष्टि भएको छ । सोमबार पोखराको क्षयरोग उपचारकेन्दमा गरिएको पीसीआर परिक्षणमा ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार नवलपरासी विनयत्रिवेणी १–का २८ वर्षीय पुरुष र ६ बर्षीय बालिका,तनहुँ व्यास–५ का २६ वर्षीय पुरुष त्यस्तै तनहुँ शुक्लागण्डकी –४ का २८ वर्षीय पुरुष र बाग्लुङका २०/२० वर्षीय २ जना पुरुष, म्याग्दी बेनी –१का २० वर्षीय पुरुष र स्याङ्जा पुतलीबजार –१ का ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितलाई सम्बन्धित जिल्लाकै आइसोलेनमा लैजाने तयारी भएको गण्डकी स्वाथ्य निर्देशानलायले जनाएको छ । संक्रमित सबै व्यक्तिहरु कन्ट्याक ट्रेसिङ मार्फत पहिचान भएका हुन् ।



प्रतिक्रिया दिनुहोस !