१९ बैशाख २०८१, बुधबार

नेकपा अध्यक्षद्धय ओली र प्रचण्डबीच छलफल, सचिवालय बैठक बोलाइयो

प्रकाशित मिति :  25 August, 2020 12:55 pm


काठमाडौं, ९ भदौ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच सचिवालयको बैठक बोलाउने सहमति भएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच  आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सचिवालय बैठक बोलाउने सहमति भएको हो ।

पार्टीभित्र विवाद चर्कदै गएपछि असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक अलपत्र छ । तर, विवाद समाधानका लागि कार्यदलले दिएको सुझावपछि दुई अध्यक्षबीच सचिवालय बैठक बोलाउने सहमति भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीच भएको झण्डै २ घण्टाछलफलपछि सचिवालय बैठक बोलाउने सहमति भएको जानकारी गराएका छन् । उनले भनेका छन्, “पार्टीका दुई अध्यक्षबीचको दुई घण्टा लामो छलफल सकिएको छ। भदौ १३ गते ११ बजे पार्टी सचिवालयकोे बैठक बोलाउने सहमति भएको छ ।”

सचिवालयमा कार्यदलले बुझाएको प्रतिवेदनमाथी छलफल हुने छ । महासचिव विष्णु पौडेल नेतृत्वमा रहेको कार्यदलले शनिबार मात्रै १७ पृष्ठ लामो प्रतिवेदन दुबै अध्यक्षलाई बुझाएको थियो ।

प्रतिवेदनमा ओलीले पाँचैवर्ष सरकारको नेतृत्व गर्ने र प्रचण्डको अधिकार वृद्धि गरी पार्टी सञ्चालन गर्ने लगायतका सुझाव छन् । असार १० गते सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीले दुबै पदबाट राजिनामा दिनुपर्ने माग राखेपछि विवाद चर्किएको थियो ।



प्रतिक्रिया दिनुहोस !