२९ बैशाख २०८१, शनिबार

पछिल्लो २४ घण्टामा थप ८५५ जनामा संक्रमण पुष्टि, ७ जनाको मृत्यु

प्रकाशित मिति :  25 August, 2020 4:49 pm


काठमाण्डौं, ९ भदौं । देशभर पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ३ सय २७ स्वाब संकलन गरी पीसीआर परिक्षण गर्दा ८ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको कोभिड १९ को नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। मृत्यु भएकामध्ये काठमाडौंका २ पुरुष, एक महिला रहेका छन भने सिराह, पर्सा, धनुषा र रुपेन्देहीका एक एक जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अहिले सम्म ३ सय १३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ । मन्त्रालयका अनुसार मंगलबार सम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ हजार ५३३ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !