३० बैशाख २०८१, आइतबार

गण्डकी प्रदेशमा शिक्षक र स्वाथ्यकर्मी सहित ५ जनामा संक्रमण पुष्टि

प्रकाशित मिति :  25 August, 2020 5:31 pm


काठमाण्डौं, ९ भदौं । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार दिउँसो गण्डकी प्रदेश स्वाथ्य निर्देशनालयले विज्ञप्ती जारी गर्दै ३ जिल्लाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मनाङमा २, पर्वतमा २ र बागलुङमा १ जनामा कोरोना पुष्टि भएको छ । मनाङको ङिस्याङ गाउँपालिकाका ५१ वर्षे शिक्षक र चामेका ४९ वर्षे स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । मनाङको आइसोलेसनमा २ जना उपचार गराइरहेका छन् ।

यसैगरी पर्वतको फलेवासका २ पुरुष र बागलुङको बागलुङ नपाकी १ महिलामा पनि कोरोना पुष्टि भएको छ । प्रदेशभर सक्रिय संक्रमित २ सय ६६ पुगेको छ । मंगलबार सम्म गण्डकी प्रदेशमा १ हजार ९ सय ९३ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !