२३ बैशाख २०८१, आइतबार

लमजुङमा १७ जना सैनिक कोरोना संक्रमित,गण्डकी प्रदेशभित्र २३ कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  26 August, 2020 8:09 am


काठमाडौं, १० भदौ ।

गण्डकी प्रदेशमा थप २३ जना कोरोना संक्रमित भेटिएका छन् ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा नेपाली सेना, बैंकका कर्मचारी, अस्पतालका कर्मचारीसहित २३ जनामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय,गण्डकी प्रदेशले जनाएको छ ।

संक्रमित मध्य लमजुङ बेशीसहरका २० जना छन् । जसमा १७ जना नेपाली सेना, १ जना ग्लोबल बैंकका कर्मचारी छन् । त्यस्तै कास्कीमा २ जना र नवलपरासीमा १ जना संक्रमित भेटिएका छन् । संक्रमित मध्य पोखराको साई अर्चना अस्पतालका एक जना कर्मचारीपनि रहेका छन् र एक जना भने दुबइबाट आएका व्यक्ति रहेको निर्देशनालयले जनाएको छ ।

अन्य २२ जना नै कन्ट्याक टे«सिङबाट संक्रमित पत्ता लागेको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९३६ पुगेको छ । संक्रमित मध्य १६४३ जना निको भएर घर फर्किएका छन् ।



प्रतिक्रिया दिनुहोस !