२२ बैशाख २०८१, शनिबार

उपत्यकामा थपिए ३०१ जना संक्रमित, २ जनाकाे मृत्यु

प्रकाशित मिति :  26 August, 2020 4:45 pm


काठमाडाैं, १० भदाै । 

पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा थप ३०१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

काठमाडाैं उपत्यकाका विभिन्न प्रयाेगशालामा गरिएकाे परिक्षणमा थप ३०१ जनामा काेराेना संक्रमण पृष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिएका छन् ।

काठमाडाैंमा २ सय ३० जना, भक्तपुरमा २४ जना र लतिपुरमा ४७ जना गरी ३०१ संक्रमित थपिएका छन् । त्यस्तै २ जनाकाे मृत्यु भएकाे छ जसमा काठमाडाैंका १ जना र भक्तपुरमा १ जना रहेका छन्।



प्रतिक्रिया दिनुहोस !