२१ बैशाख २०८१, शुक्रबार

बुटवलमा कोरोना संक्रमित महिलाको मृत्यु

प्रकाशित मिति :  27 August, 2020 1:51 pm


बुटवल, ११ भदौ ।

बुटवलमा एक जना कोरोना संक्रमित महिलाको मृत्य’ भएको छ ।  बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना उपचार विशेष अस्पतालमा उपचार गराइरहेका महिलाको बिहीबार बिहान करीब १०ः३० बजे मृत्यु भएको हो ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका– २, जानकीनगरकी करीब ७० वर्षीया महिलाको कोरोना अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।

सो महिलामा थाइराइड र उच्च रक्तचाप समस्या रहेको उनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उनलाई गत साउन २६ गते कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेशनमा राखिएको र स्वास्थ्यमा समस्या देखिँदै गएपछि साउन ३१ गते कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई कोरोना विशेष अस्पतालको पहिलो प्लाज्मा थेरापीका माध्यमबाट चिकित्सकले उपचार थालेका थिए । पहिलोपटक प्लाज्मा दिएर बुधबार बेलुकासम्म स्वास्थ्यावस्थामा राम्रो सुधार देखिएको तर गए रातिदेखि स्वास्थ्य अवस्था बिग्रँदै गएपछि आज बिहान पुनः अर्को प्लाज्मा दिने तयारी भइरहेको अवस्थामा मृत्यु भएको हो ।

उनलाई प्लाज्मा दिनका लागि केही समयअघि कोरोना संक्रमणबाट मुक्त भएका कपिलवस्तुका एक युवक आज बिहान बुटवल आइपुगेका थिए । रुपन्देहीमा यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ । –रासस



प्रतिक्रिया दिनुहोस !