७ बैशाख २०८१, शुक्रबार

बाँकेमा कोरोना संक्रमित एक महिलाको मृत्यु

प्रकाशित मिति :  27 August, 2020 2:02 pm


बाँके, ११ भदौ ।

बाँकेमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका,वडा नं. ७ निवासी ७० वर्षीय महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । मृतक महिलामा छातिको समस्या देखिएपछि भदौ ३ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।

उनलाई दुबै फोक्सोमा निमोनिया देखिएको यिो । भदौ ५ गते कारोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि नेपालगञ्ज मेडिकल कलेज, नेपालगञ्ज अस्पतालबाट नेपालगञ्ज मेकिल कलेज,शिक्षण अस्पताल कोहपुर लगेर भेन्टिलेटरसहितको उपचार सुरु गरिएको थियो ।

उपचारका क्रममा विहान साढे १० बजे मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए । यससँगै बाँकेमा कोरोना संक्रमित ६ जनाको मृत्यु भएको छ ।
आज मात्रै पोखरा र कपिलवस्तुमा एक एक जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !