१३ बैशाख २०८१, बिहिबार

रोल्पामा एकजनाको हत्या,अरोपी पक्राउ

प्रकाशित मिति :  27 August, 2020 2:20 pm


रोल्पा, ११ भदौ ।

रोल्पामा गएराति एकजनाको हत्या भएको छ ।

परिवर्तन गाउँपालिका ३ मा बुधबार राति २ बजे ४४ वर्षीय मनबहादुर बादीको हत्या भएको हो । हत्याको आरोपमा स्थानीय रमचरण बादी पक्राउ परेका छन् ।

राति चिनी चाहियो भन्दै पसल खोल्न लगाएर उनको हत्या गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्र बहादुर गुरूङले हत्याको आरोपमा रामचरणलाई पक्राउ गरिसकेको जानकारी दिए । प्रहरीका अनुसार रामचरणले वनचरोको बिडले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।

मनबहादुर बादीको पोष्टमार्टम गर्नको लागि जिल्ला अस्पताल रोल्पा लागिएको छ ।



प्रतिक्रिया दिनुहोस !