१५ चैत्र २०८०, बिहिबार

लुम्बिनी प्रादेशिक अस्पतालमा एक संक्रमितकाे मृत्यु

प्रकाशित मिति :  28 August, 2020 2:14 pm


बुटवल, १२ भदाै ।

बुटवलकाे लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना उपचार विशेष अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ का ६० वर्षीय पुरुषको आज बिहान २.३० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् ।

भदौ ७ गते सङ्क्रमण पुष्टि भएपछि उनलाइ उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचाप रहेकाले अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकाे थियाे । उनकाे अाज बिहान मृत्यु भएको जनाइएको छ ।

लुम्बिनी प्रादेशिक कोरोना अस्पतालमा उपचाररत सङ्क्रमितमध्ये २४ घण्टाभित्र ३ जनाको मृत्यु भएको छ । यसअघि बुधबार राति कपिलवस्तुका पुरुषको र बिहीबार बिहान तिलोत्तमा नगरपालिका –२ बस्ने ७० वर्षीया महिलाको मृत्यु भएको थियो । यससँगै रुपन्देहीमा कोराेना संक्रमणबाट मृत्युहुनेकाे संख्या ८ पुगेकाे  छ ।



प्रतिक्रिया दिनुहोस !