२१ बैशाख २०८१, शुक्रबार

चितवनमा कोरोना संक्रमित एक जनाको मृत्यु

प्रकाशित मिति :  31 August, 2020 10:17 am


काठमाडौं, १५ भदौ ।

चितवनमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ ।

भरतपुर उपमहानगरपालिका ६ का ७८ वर्षीय पुरुषको उपचारका क्रममा आज विहान भारतपुर अस्पतालमा मृत्यु भएको हो । भदौ ६ गते राति कोभिड १९ संक्रमणसहित श्वासप्रस्वासमा समस्या भएपछि ति व्यक्ति अस्पताल भर्ना भएका थिए ।

भदौ २ गते नै कोरोना संक्रमणको पुष्टि भएका उक्त व्यक्तिको स्वास्थ्य अवस्था जटिल भएपछि आइसीयूमा राखेर भेन्टिलेटरसहित उपचार भइरहेको थियो । उपचारकै क्रममा आज विहान निधन भएको अस्पतालका कोभिड १९ क्लिनिकल टिमका संयोजक डा.प्रमोद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !