१६ चैत्र २०८०, शुक्रबार

नेपाल प्रहरीका ७२ डीएसपीको सरुवा, रोल्पाको नयाँ प्रहरी प्रमुखमा सुवेदी

प्रकाशित मिति :  31 August, 2020 2:04 pm


काठमाडौं, १५ भदौ ।

नेपाल प्रहरीका ७२ प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरूवा भएको छ।

प्रहरी प्रधान कार्यालयले भदौ महिनादेखिको तलब, भत्तासमेत सरूवा भएको दरबन्दीबाट खान पाउने गरी ७२ डीएसपीहरुको आज सरूवा गरेको हो ।

रोल्पामा कार्यरत चित्रबहादुर गुरुङको जुनियर प्रहरी अधिकृत शिक्षालय चितवन सरुवा भएको छ भने प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा रहेका नरेशराज सुवेदी रोल्पाको नयाँ प्रहरी प्रमुखमा सरुवा भएका छन् ।

सुवेदी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पर्सनल सेक्यूरिटी अफिसर(पिएसओ)का रुपमा कार्यरत    थिए ।

प्यूठानमा रहेका डीएसपी नरेन्द्रकुमार कार्कीको जिल्ला प्रहरी कार्यालय पर्सा सरुवा भएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, काठमाडौंमा कार्यरत् अनुपम श्रेष्ठको जिल्ला प्रहरी कार्यालय दैलेखमा सरूवा भएको छ भने महानगरीय प्रहरी वृत्त कालिमाटीमा अपिलराज बोहराको पनि सरुवा भएको छ ।

कालिमाटी वृत्तमा कार्यरत् रुगम कुँवरको केन्द्रीय अनुसन्धान ब्यूरोमा सरुवा भएको छ। सरुवा भएका डीएसपीको सूची हेर्न  यहाँ क्लिक गर्नुहोस् ।

 

 



प्रतिक्रिया दिनुहोस !