२३ बैशाख २०८१, आइतबार

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन

प्रकाशित मिति :  31 August, 2020 6:14 pm


काठमाडौं, १५ भदौ । 

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । उनको आज ८४ वर्षको उमेरमा निधन भएको हो । प्रणब मुखर्जीका छोराले ट्वीट मार्फत उनको निधनको जानकारी दिएका हुन् ।

पूर्व राष्ट्रपति मुखर्जीलाई १० अगष्टमा गम्भीर स्थितिमा सैन्य अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका अनुसार रगतका कारण मस्तिस्कमा समस्या बनेको भन्दै तत्कालै आपतकालिन सर्जरी गरिएको थियो ।

उनलाई कोरोना संक्रमण समेत भएको थियो । कांग्रेसका चर्चित नेता रहेका मुखर्जी २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति रहेका थिए । उनलाई सन् २०१९ मा भारतको सर्वोच्च पदक भारत रत्नबाट सम्मानित भएका थिए ।



प्रतिक्रिया दिनुहोस !