२५ बैशाख २०८१, मंगलबार

कोरोना अपडेटः विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २ करोड ५६ लाख नाघ्यो

प्रकाशित मिति :  1 September, 2020 1:54 pm


विश्वमा दुई करोड ५६ लाख ३८ हजार २ सय ३० जना कोरोना भाइरस संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । डब्लुएचओकाअनुसार मंगलबारसम्म विश्वभरी कोरोना भाइरस संक्रमणबाट ८ लाख ५४ हजार ७ सय ७५ जनाको मृत्यु भएको छ ।

मंगलबार अपराह्नसम्म प्राप्त समाचारअनुसार संक्रमित मध्ये हालसम्म १ करोड ७९ लाख ४२ हजार ९सय ११ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६८ लाख ४० हजार ५सय४४ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ ।

संक्रमितहरु मध्ये ६१ हजार १ सय ५८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश  देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।

  • चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
  • अमेरिकामा ६२ लाख ११ हजार ७ सय ९६ जना कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ८७ हजार ७ सय ३६ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
  • ब्राजिलमा ३९ लाख १० हजार ९सय ०१ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख २१ हजार ५सय १५ जनाको मृत्यु भएको छ । भारतमा ३६ लाख ९१ हजार १ सय ६६ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ६५ हजार ४ सय ३५ जनाको मृत्यु भएको छ ।
  • रुस ९ लाख ९५ हजार ३ सय १९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १७ हजार १सय ७६ जनाको मृत्यु भएको छ । पेरुमा ६ लाख ५२ हजार ३७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २८ हजार ९सय ४४ जनाको मृत्यु भएको छ ।
  • दक्षिण अफ्रिकामा ६ लाख २७ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४ हजार १ सय ४९ जनाको मृत्यु भएको छ । कोलम्बिया ६ लाख १५ हजार १ सय ६८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १९ हजार ६ सय ६३ जनाको मृत्यु भएको छ ।
  • मेक्सिकोमा ५ लाख ९९ हजार ५ सय ६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६४ हजार ४ सय १४ जनाको मृत्यु भएको छ । स्पेनमा ४ लाख ६२ हजार ८ सय ५८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार ९४ जनाको मृत्यु भएको छ ।
  • अर्जेन्टिना ४ लाख १७ हजार ७ सय ३५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ८ हजार ६सय ६० जनाको मृत्यु भएको छ । (रासस÷एएफपी)



प्रतिक्रिया दिनुहोस !