२३ बैशाख २०८१, आइतबार

यूरिया मल तत्काल आपूर्तिका लागि बंगलादेशी समकक्षीसँग प्रधानमन्त्री ओलीको आग्रह

प्रकाशित मिति :  1 September, 2020 7:07 pm


फाइल तस्बिर

काठमाडौं,१६ भदौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो बंगलादेशकी समकक्षी शेख हसिनासँग टेलिफोनमा कुराकानी गरेका छन्।

कुराकानीका क्रममा दुई पक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको प्रधानमन्त्री ओलीले ट्वीट गरेको छ । छलफल उपलब्धीमूलक भएको प्रधानमन्त्री ओलीको भनाई छ ।

टेलिफोन संवादका क्रममा प्रधानमन्त्री ओलीले नेपाललाई तत्काल यूरिया मल आपूर्तिका लागि अनुरोध गरेका छन् । आफ्नो अनुरोधलाई बंगलदेशकी प्रधानमन्त्री शेख असिनाले सकात्मक रुपमा लिएको प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले ट्वीटमा भनेका छन्, “आज दिउँसो बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग नेपाल(बंगलादेश सम्बन्धबारे उपलब्धिपूर्ण छलफल भयो। यो सिजनका लागि नेपालमा युरिया मल तत्काल आपूर्ति गर्न मैले गरेको अनुरोधलाई उहाँले सकारात्मक रूपमा लिनुभएको    छ ।”

नेपालमा रासायनिक मलको हाहाकार भएपछि प्रधानमन्त्री ओलीले बंगलादेशसँग आपतकालिन आपूर्तिका लागि आग्रह गरेका हुन् ।
सम्झौता गरेका कम्पनीले मल ल्याउन नसक्दा सरकारको आलोचना भइरहेको छ ।

बंगलादेशी समकक्षीसँगको कुराकानीमा  दुई पक्षीय व्यापार, उर्जा र ट्रान्जिटलगायत अरू विषयमा सहकार्यलाई थप मजबुद् बनाउने विषयमा कुरा भएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।

सरकारले यसपटक मलको अभाव आपूर्ति गर्न बंगलादेशसाग पैंचो माग्ने तयारी गरेको छ । कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले यसका लागि प्रकृया अगाडी बढाइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !