४ जेष्ठ २०८१, शुक्रबार

रुपन्देहीको भीम अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु

प्रकाशित मिति :  2 September, 2020 8:44 am


रुपन्देही,१७ भदौ ।

रुपन्देहीको भैरहवामा रहेको भीम अस्पतालमा उपचाररत् कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

नवलपरासी पश्चिमको रामग्राम नगरपालिका वडा नम्बर ५ की एक ६५ वर्षीय महिलाको मंगलबार राती पौने १० बजे मृत्यु भएको हो।

कोरोना संक्रमित महिलालाई उच्च रक्तचाप, मधुमेह लगायतको समस्या रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए ।

उनलाई भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएपछि भीम अस्पताल भैरहवामा उपचारका लागि भर्ना गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !